Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
काठमाडौंलाई धुलोमुक्त बनाउन भनेर महानगरपालिकाले गत फागुनमा ५ वटा ब्रुमर किन्यो । तर धुलोको मात्रा धेरै र खाल्डाखुल्डी भएको सडकमा ब्रुमरले सोचेअनुरुप काम गरेका छैनन् । महानगरपालिकाले भने थप २ ब्रुमर किन्ने तयारी थालेको छ ।
काठमाडौंको सडकमा धुलोको मात्रा कति धेरै छ भनिरहनु पर्दैन । विहान सफाचट भएर निस्कँदा बेलुका धुलाम्मे भएर घर फर्किनुपर्छ । सडकमा धुलो सहनु काठमाडौंवासीको नियतिजस्तै बनिसकेको छ । धुलोको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले तीन महिनाअघि झण्डै १० करोड रूपैयाँ खर्चेर इटालीबाट पाँचवटा ब्रुमर झिकायो । ती ब्रुमर चलाउन मात्र दैनिक १५ हजार रुपैयाँ खर्च हुन्छ । महानगरले एउटा ब्रुमरसँग एक पटकमा ५ टन धुलो संकलन गर्ने क्षमता रहेको बताए पनि सडकमा धुलोको मात्रा उस्तै छ । किनभने भत्किएका र खाल्डाखुल्डी भएका सडकमा ब्रुमरले कामै गर्दैन । तर खाल्डाखुल्डी नभएका सडक देख्नै नपाइने काठमाडौँमा महानगरले चार करोड खर्चेर थप दुई ब्रुमर भित्र्याउँदै छ । ब्रुमरले क्षमता अनुसार काम गरेको भए सडकबाट दैनिक २५ टन धुलो उठ्थ्यो र काठमाडौंवासीले यसरी सास्ती भोग्नै पर्दैनथ्यो । भएकै ब्रुमरबाट अपेक्षित परिणाम नआएको अवस्थामा नयाँ ब्रुमर थप्नुका पछाडि महानगरको वातावरण र उपत्यकावासीको स्वास्थ्यभन्दा अरू नै कुनै उद्देश्य त होइन ? भन्ने प्रश्न जन्माएको छ ।
खाल्डाखुल्डीका कारण ब्रुमरले काठमाडौंको धुलो सोहोर्नै सकेनन् | Kantipur Samachar news headlines uk | |
| 29 Likes | 29 Dislikes |
| 2,289 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 18 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét